कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो
काठमाडौं, २४ भदौ : नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका डा जागेश्वर गौतमले बताए ।
यस्तै कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।
यसअघि मंगलबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५ छ । पछिल्लो २४ घण्टामा एक हजार ८१ कोरोना संक्रमित थपिएका छन् ।
