कोरोना संक्रमणबाट थप ११ को मृत्यु, मृतकको संख्या ३०० पुग्‍यो

काठमाडौं, २२ भदौ :  बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ११ जनाका मृत्यु भएको छ ।

मृतकमा मोरङका ७६ वर्षीय पुरुष रहेका छन् भने सिरहाका ८७ र ६२ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिला रहेका छन् भने कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ । यस्तै बाँकेका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष तथा मकवानपुरका पनि ३९ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.