स्याङ्जामा तास खेल्ने १९ सहित २२ जनालाई कोरोना संक्रमित पुष्टि

मिरा मल्ल । भदाै २१, स्याङजा : पुतलीबजार नगरपालिका स्याङ्जामा आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष रहेका छन ।
संक्रमित हुनेमा १ का ६ जना, १३ का २ जना, ३ का ४ जना १४ का ८ जना र २ जना वडा नखुलेको रहेका छन् । संक्रमित थपिनेमा वडा नं. १ का ७६, ३४, ३०, ३२, २४, ५५, बर्षका छन। वडा नं. तेह्रका ४७ र ४६ वर्षका छन। वडा नं. तीनका ४७, ४४, ५२ र ५० बर्षका र वडा नं. चौधका ४४, ३९, ३६, ३५, ३०, ३८, ५७, ४६ बर्षका पुरुष हुन। वडा नखुलेकाे ४५ र ३५ वर्षका छन ।
२२ जना मध्येमा १९ जना तास खेल्नेहरु, २ जना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिए। यसै साता, प्रहरीले छुट्टाछुट्टै २ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो। यसरी पक्राउ पर्ने २२ जना थिए । अन्य ३ जनामा भने कोरोना संक्रमण नेगेटिभ देखिएको बताइएको छ ।
भारत र मलेसियाबाट फर्केका २ जना, १ जना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पिसिआर परिक्षण गराउदा पोजिटिभ देखिएको थियाे ।
यो संगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ। आइसोलेसनमा बस्नेको संख्या २२ जना थपिएसँगै २७ पुगेको छ । हाल सम्म २ जनाको भने मृत्यु भएको छ भने ३ सय ८ जनाले कोरोना जितेर घर फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.