उपत्यकामा ४०८ सहित १०४१ जनामा संक्रमण पुष्टि, १५६६ जना डिस्चार्ज

काठमाडौं, २० भदौ : पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १५६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ ।
उनका अनुसार मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि तीनजना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
