चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा

चितवन, १९ भदौ : चितवनमा निषेधाज्ञा भदौ ३१ सम्मका लागि लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ । औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइनेछ । यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ ।

कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन पनि चल्न पाउनेछन् । यसअघि चितवन जिल्लामा लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिँदै थियो ।

कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ ।

भरतपुर महानगरमा मात्रै ५९४ जनामा संक्रमण पुष्टि भएको छ । १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.