सूर्याेदय साकोसद्वारा विभिन्न सेवा सुविधा प्रदान
स्याङ्जा , १७ भदौ : काेराेनाकाे कहरमा सहकारी सेवा – सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लि पुतलीबजार ३, स्याङ्जाले आफ्ना शेयर सदस्यहरूलाई काेराेनाकाे कहर लगत्तै विभिन्न सेवाहरू प्रदान गरेकाे छ ।
सैसथाले कोरोना भाईरस सम्वन्धी सदस्यहरुमा सचेतना कार्यक्र सञ्चालन, सदस्यहरुलाईमिति २०७६ चैत्र महिना देखि २०७७ असार मसान्त सम्म करिव १४ लाख व्याज छुट प्रदान गरेकाे थियाे । यही अबस्थालाई मध्यनजर गरि सदस्यहरुलाई निशुल्क मोवाईल बैकिङ्ग सेवा प्रदान गरेकाे तथा स्याङ्गजा जिल्लामा रहेका ११ स्थानीय तहलाई समेत रु २ लाख राहत प्रदान गरिसकेकाे छ । संस्थामा आबद्ध सदस्यहरुको सुरक्षाका निम्ति २५ प्रतिशत संस्था र ७५ प्रतिशत सदस्य स्वयमको लगानीमा कोरोना विमा कार्यक्रम सञ्चालन गरि सदस्यहरूलाई काेराेना बिमा गरिरहेकाे छ ।
सूर्याेदय साकाेसले आफ्ना सदस्यहरूलाई राम्रो सेवा दिईरहेकाे जिल्ला काे नमुना संस्थाका रूपमा आफ्नाे पहिचान बनाएकाे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले बताए । चालू आर्थिक वर्षकाे भाद्र १६ गते देखि लागु हुने गरी पून सदस्यहरुले लिएको ऋणमा पाकेको व्याजमा ५ प्रतिशत व्याज छुट प्रदान गर्ने निर्णय समेत गरेकाे छ ।
अवको योजना कोभिड १९ ले सदस्यहरुमा पारेको प्रभाव विषयमा सदस्यहरुको अभिमत संकलन गरी सोहि बमोजिमको व्यवसाय निरन्तरता र सदस्यहरूका लागि थप योजना बनाउने कार्यक्रम रहेको संस्थाका प्रबन्धक ध्रुवनारायण श्रेष्ठले बताए ।
संस्थाकाे ५ कराेड ४१ लाख शेयर पुजी ४३ कराेड ३४ लाख बचत र ५८ कराेडकाे काराेबार रहेकाे छ ।
