नेपालले महान् मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू  अन्यन्तै दुखित भएको बताएका छन् ।

उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार,  भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना  व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको स्मरण पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.