डाक्टर भोला रिजाल दम्पतीमा कोरोना संक्रमण
काठमाडौं, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् ।
शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा रिजालले बताए ।
शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्नी दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आइतबार ह्याम्स अस्पताल भर्ना भएका छौं । उनले भने, “अहिले हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”
