काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं, १५ भदौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ ।
श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि दुई दिनअघि ग्रान्डी अस्पतालमा शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

