भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन
काठमाडौं, भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।
८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका उनलाई गत अगस्ट १० मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
