मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, १४ भदौ : मौसम पूर्वानुमान महाशाखाले आइतबार मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको जनाएको छ ।
यसैगरी भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ ।
महाशाखाले जारी मौसम पूर्वानुमानमा हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का बर्षा भइरहेको जनाएको छ ।
यस्तै, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी राति भने देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
