सिमेन्ट उद्योगले चुनढुङ्गा बेच्न थाले

काठमाडौं, १३ भदौ : रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाअन्तर्गत कोइला क्षेत्रमा रहेको रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन घटाएको छ । सिमेन्ट उत्पादन गर्नुपर्ने उक्त उद्योगले पछिल्लो समय भने उद्योग क्षेत्र वरपर रहेको चुनढुुङ्गा लगायतका कच्चा पदार्थ बिक्री वितरण गर्दै आएको छ ।

बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले कच्चा पदार्थ बोक्दै आएका २० वटाभन्दा बढी टिप्पर नियन्त्रणमा लियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार नियन्त्रणमा लिएका कुनै पनि टिप्परले कच्चा पदार्थ ढुवानीका लागि इजाजत पत्र राखेका थिएनन् ।

अहिले आन्तरिक राजस्व कार्यालय तुलसीपुरले कच्चा पदार्थ बाहिर बिक्री गरेको बिलको अनुसन्धान गरिरहेको छ । राजस्व कार्यालय प्रमुख लक्ष्मण श्रेष्ठले भने, “बिलको अनुसन्धान गर्दै छौँ, फर्जी बिल फेला परे कारबाही गर्छौं । ” आन्तरिक राजस्व कार्यालय तुलसीपुरले रोल्पा, दाङ, प्युठानमा रहेका सिमेन्ट उद्योग ठूूला करदाता भएकाले अन्तःशुल्क मात्रै लिने गरेको छ ।

SofK;g M k”j{ gjnk/f;Lsf] ljgoL lqj]0fL ufp“kflnsfsf] ;bL{df /x]sf] #^ ca{ lrgLof“ nufgLsf] xf]ª;L lzjd l;d]G6 pBf]u . tl:a/ M bLk]Gb| a8’jfn÷sflGtk’/

यता खानी तथा भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार कुनै पनि उद्योगले माइनिङ लाइसेन्स नवीकरण गरेको खण्डमा मात्रै अन्यत्र कच्चा पदार्थ बिक्री वितरण गर्न पाउँछन् । दैनिक दस चक्के टिप्परले १६ टन मात्रै कच्चा पदार्थ बोक्न पाउने व्यवस्था छ तर यो क्षेत्रमा गाडीले दैनिक २७ टन बोक्दै आएका छन् ।

क्षमताभन्दा बढी कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परका कारण राप्ती राजमार्गअन्तर्गत रहेको कपुरकोट–तुलसीपुर सडक खण्ड खाल्डाखुल्डी भएको छ भने कालोपत्रसमेत उप्किएको स्थानीयवासीको गुनासो छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.