काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ भदौ : पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ जनाको स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जना कोरोना संक्रमित थपिएको छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

यसैगरी  पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यस्तै, पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा. गौतमले बताए ।

मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरमा ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीको ६० वर्षीय पुरुष गरी आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.