यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (पूर्णपाठ)

काठमाडौँ, ११ भदौ : मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ ।बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक गरेका हुन् ।

बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए ।

यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटमा मन्त्रिपरिषदको निर्णय जानकारी गराउनुहुँदै मन्त्री डा युवराज खतिवडा । तस्वीर: प्रदिपराज वन्त

यस्तै बैठकले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक  क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ भने इ-बिजनेश सम्ब्न्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।

हेर्नुस् यस्ता छन् निर्णय :

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.