लियोनलाई हराउँदै बायर्न फाइनलमा, उपाधिका लागि बायर्न र पीएसजी भिड्ने
काठमाडौँ, ४ भदौ : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँगको भिडन्त पक्का गरेको छ । बायर्न प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो ।
खेलको खेलको १८ औँ मिनेटमा ग्नाब्रीले बायर्नलाई अग्रता दिलाए भन ३३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर रोबर्ट लेवान्डोस्कीले बायर्नको तेस्रो गोल थपे । यो सिजन प्रतियोगितामा उनको यो १५ औँ गोल हो ।
उता, लियोनले भने गोलका थुप्रै अवसर खेर फालेको थियो ।
अब फाइनल खेल आइतबार लिसबनको बेनफिकाको स्टेडियमा हुनेछ ।
अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
पीएसजी पहिलो सेमिफाइनलमा मंगलबार राति भएको खेलमा लेइप्जिगलाई ३-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।
