काठमाडौं उपत्यकामा ४४ सहित थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ साउन : पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३३८ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।
जसमा काठमाडौं उपत्यकामा ३६ तथा ललितपुर र भक्तपुरमा ४/४ जना रहेका छन् । सोमबार देशैभर सक्रिय संक्रमितको संख्या छ हजार ७३८ जना रहेको उनले जानकारी दिए ।
यसैगरी, पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ ।
कोरोनाका पाँच सयभन्दा बढी संक्रमित उपचाररत हरेका जिल्लाहरुमा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो ।
यसैगरी, बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् ।
यस्तै, पर्साको देवयानी-१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
