स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा देखियो कोरोना संक्रमण
काठमाडौंँ, २५ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार मन्त्रालयका ८४ जनाकाे स्वाब संकलन गरिएकाे छ थियो । तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएकाे मन्त्रालय स्रोतले जानकारी दिएकाे छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएकाे छ ।
मन्त्रालय स्रोतका अनुसार चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन् । एक जना मन्त्रालयकै एक अधिकारीका ड्राइभर रहेका छन् । संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया-खाजा खुवाउने काम गर्दै आएका थिए ।
संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।
