काठमाडौं उपत्यकामा एकैदिन १०६ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ साउन : काठमाडौं उत्यकामा पहिलोपटक एक सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो ।
यसअघि उपत्यकामा मंगलबार र बुधबार ६२/६२ जना र बिहीबार ८७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने खतरा देखिएको छ ।
