काठमाडौं उपत्यकाका १५ सहित थप २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ साउन : पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए । यो संगै देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.