दार्चुलामा पहिरो खस्दा एकै परिवारका दुई जनाको निधन

पुष्कर राज जोशी । दार्चुला, १२ साउन : दुहु गाउँपालिका वडा नं ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर घरको माथिबाट पहिरो खस्दा एकै परिवारका दुई जनाको निधन भएको छ । सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र श्रीमती ४५ वर्षीय इन्द्रा जोशीको शव फेला परेको हो ।

घटनास्थल व्रह्मदेब प्रहरी चौकीबाट नजिक रहेकाले प्रहरी टोली विहानै घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली विहान ६ बजे घटना स्थलमा आइपुगेको थियो ।

उक्त घरमा पहिरो खस्दा एक हल गोरु, १ भैसि र ४ बाख्रा पनि पुरिएको अनुमान छ । दार्चुला तिंकर सडकबाट आएको पानीले माथिबाट पहिरो खस्दा घटना भएको दुहु गाउँपालिकाकि उपाध्यक्ष इश्वरी जोशीले घटनास्थलबाट जानकारी दिनुभएको हो । घर पुरै पुरीएको र विहानै घटनास्थलमा पुगेर जनप्रतिनिधी, प्रहरी र स्थानियहरु उद्धार कार्य गरिरहेका छन् । सो घरसँगै अन्य घरहरु पनि पुरिएका छन् ।

घटनामा मृत फेला परेका जोशी दम्पतीका २१ वर्षीय छोरा सुनिल जोशी बिहान घरमा पहिरो खसेकोले उनी भागेर बाच्न सफल भएका छन् । जोशीका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.