१८ अर्बको मोवाइल सेट नेपाल भित्रियो
काठमाडौं, १३ साउन : भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको मोबाइल आयात भएको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँ मुल्य बरावरको झन्डै ४४ लाख मोबाइल सेट भित्रिएको हो ।
विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ४३ लाख ६५ हजार ९ सय ६९ वटा मोबाइल सेट आयात भएको छ । सबैभन्दा बढी चीनबाट करिब ३४ लाख ७० हजार वटा मोबाइल सेट भित्रिएको तथ्याङ्कले देखाएको छ । भारतबाट ६ लाख ३८ हजार वटाभन्दा बढी मोबाइल सेट भित्रिएको देखिन्छ ।
मोवाइल सेटहरुमा आईफोन, सामसङ, शाओमी, ह्वावे, ओप्पो, भिभो, रियलमी जस्ता विभिन्न ब्रान्डका फोन बिक्री हुने गरेका छन् ।
