हट्यो जोर विजोर, भदौ १ गतेदेखि लामो दूरीको यातायात खुल्ने

काठमाडौँ, ६ साउन : सरकारले गत २९ जेठबाट लागु गरेको जोर विजोर प्रणालीअनुसार आजबाट हटाएको छ । मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए ।

