मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम शुरु
मकवानपुर,
प्रतिष्ठानको आज यहाँ सम्पन्न पहिलो सभामा उनले प्रतिष्ठान वाग्मती प्रदेशवासीको सपना तथा आफ्नो पहिलेदेखिकै चाहना भएको बताए । उनले प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि समर्पित भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।
सो अवसरमा प्रदेशका सामाजिक विकासमन्त्री तथा प्रतिष्ठानका सहकुलपति युवराज दुलालले प्रतिष्ठानमा चाँडै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरी काम कारवाहीलाई अगाडि बढाइने जानकारी दिए ।
उनले हेटौँडा अस्पताल आजबाटै प्रतिष्ठान मातहत आएको र प्रदेश मातहतका अन्य अस्पताललाई पनि प्रतिष्ठानमार्फत ल्याइने जानकारी दिए ।
