स्पेनिस ला लिगाको उपाधि नजिक रियल म्याड्रिड

काठमाडौं, ३० असार : स्पेनिस ला लिगामा ग्रानाडामाथि संघर्षपूर्ण जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको रियल म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । सोमबार भएको खेलमा रियल २–१ गोलअन्तरले विजयी बनेको हो ।

खेलमा डिफेन्डर फर्नान्ड मेन्डीले खेलको १० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए । ६ मिनेटपछि करिम बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा डार्विन माचिसले ग्रानाडाको लागि गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।

जीतपछि प्रशिक्षक जिनेदिन जिदानको टोली चिरप्रतिद्वन्द्वी बार्सिलोनाभन्दा ४ अंकले अघि रहेको छ । बार्सिलोनाविरुद्ध हेड टु हेडको आधारमा पनि अघि रहेका कारण रियलले अन्तिम दुई खेलबाट २ अंकमात्र बटुले यो सिजनको ला लिगाको उपाधिमाथि कब्जा जमाउनेछ ।

यो सिजन उत्कृष्ट लयमा रहेको रियलले आगामी बिहीबार पाँचौ स्थानमा रहेको भिल्लेरियाल र आइतबार रेलिगेसनबाट संघर्षरत लेगानेस संग अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.