नेपाल सरकारको सचिवमा डा. मानबहादुर विकको बढुवा
काठमाडौं, ३० असार : नेपालको इतिहासमा पहिलोपटक दलित समुदायबाट सचिवमा बढुवा भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयका सह सचिव एवं प्रबक्ता डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले गोकर्णमणी दुवाडी, विक र मधुकुमार मरासिनीलाई सचिव बढुवाको सिफारिस गरेको थियो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ ।
पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । डा. मानबहादुर विश्वकर्मा खाद्य सुरक्षाबारे राम्रो जानकार हुनुहुन्छ ।
