थप ७० जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जित्नेको संख्या ८ हजार ४४२ पुग्यो
काठमाडौं, २७ असार : पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् ।
यसैगरी विगत २४ घण्टामा ४३१ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ४४२ पुगेकोछ ।
यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए ।
यसैगरी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यो संगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका २, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १, अछाम १, म्याग्दी १ र काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङमा १ जना गरी ३८ जनाको मृत्यु भएको छ ।
