चार जिल्ला कोभिड-१९ ‘संक्रमण मुक्त’
काठमाडौं, २३ असार : चारवटा जिल्लामा कोभिड-१९ को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशको ७७ जिल्लामध्ये चार जिल्ला कोरोना संक्रमण मुक्त भएको बताए । कोरोना संक्रमण मुक्तहुने जिल्लाहरुमा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला रहेको जानकारी दिएका छन् ।
