काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं, २३ असार : काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि हिजोमात्र काठमाडौंका २४ जना, ललिपुरका २० जना र भक्तपुरका १० जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै आईतबार काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमिण पुष्ठि भएको थियो । संक्रमितमा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा १ जनामा कोरोना पुष्ठि भएको थियो ।
उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित
उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं , ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो ।
काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
