गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण
काठमाडौं, २३ असार : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरिरहेका ७ जना बिरामीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका सात बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालले मंगलबार सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।
उपचाररत बिरामी कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मलाई आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले सूचनामार्फत जनाएको छ ।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेका छन् ।

