माछापुच्छ्रे बैंकद्वारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

काठमाडौँ, असार २२ : नेपाल फोटो पत्रकार महासंघलाई माछापुच्छ्रे बैंक लिमिटेडले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ ।

उक्त परिणामको प्रेस ज्याकेट बैंकका नायब महाप्रवन्धक सर्जु कुमार थापाले माछापुच्छ्रे बैंक लिमिटेडको प्रधान कार्यालय लाजिम्पाट आयोजित संक्षिप्त कार्यक्रमका विच महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आले र केन्द्रीय पदाधिकारिहरुलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

कोरोना महामारिका कारण जारि लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको पेशागत दयित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न वित्तिय संस्थाहरु मार्फत सहयोग जुटाउने पहल गरेको हो ।

महासंघले जिल्ला तथा प्रदेशबाट माग भईआएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटोपत्रकारहरुलाई उपलब्ध गराईरहेकोछ ।

कार्यक्रममा बैंकका कम्पनी सचिव टिका भट्टराई, बैंकका दायित्व तथा बाह्य मामिला विभाग प्रमुख सुनिल खतिवडा तथा दायित्व तथा बाह्य मामिला विभागकी नायब प्रतिमा पाण्डे उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरि महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.