गोरखामा कोरोनाबाट एकजनाको मृत्यु

गोरखा, २० असार : कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

गोरखा पालुङ्टार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

उनी मधुमेहका रोगी रहेको र आइसोलेसनमा उपचार गराइरहेको अवस्थामा आज बिहान करिव ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा हिजो साँझ कोरोना पुष्टि भएको थियो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.