कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २९ पुग्यो

काठमाडौं, १५ असार : कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो । उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ ।

उनी विगत तीन महिनादेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित भएको बताइएको छ ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १ जना गरी २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.