थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जित्नेहरुको संख्या २६९८ पुग्यो

काठमाडौं, १२ असार : पछिल्लो २४ घण्टामा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगैं कोरोना संक्रममितको संख्या ११ हजार सातसय ५५ पुगेको छ । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

विगत २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ४८ जना डिस्चार्ज भएका छन् । कोरोना मुक्त हुनेमा जना ८ महिला र ४० जना पुरुष रहेका छन् । यो संगैं कोरोना संक्रमणमुक्त हुनेहरुकोे संख्या दुइ हजार छ सय ९८ पुगेको छ ।

देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

यसैगरी देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् भने आइसोलसनमा ९ हजार ३० जना कोरोना संक्रमितहरु रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता गौतमले ती महिलाको नाम ठेगाना नखुलेको जानकारी दिए । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।

हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ र दाङका १ जना गरी २७ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.