कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो
काठमाडौं, ११ असार : कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा आँधीखोला-१ का एकजना पुरुष र चितवनका ५० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १० गते राति मृत्यु भएको छ ।
त्यसैगरी पाँच महिना अघि मृगौला प्रत्यारोपणका कारण फेरि नर्भिक अस्पताल भर्ना कोरोना देखिएपछि पाटन अस्पताल रिफर भएका थिए ।
उनको असार ११ गते बिहान ५ बजे मृत्यु भएको छ ।
हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।
