थपिए ६२९ जना कोरोना संक्रमित, संक्रमितको संख्या १०७२८ पुग्यो

काठमाडौं, १० असार : विगत २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या दश हजार ७ सय २८ पुगेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

आज संक्रमण पुष्टि हुनेमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ जना, सोमबार ५३५ जना र मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोना जित्नेहरुको संख्या ११४ रहेको छ । जसमा ८ महिला र १०६ पुरुष रहेका छन् । यो संगैं नेपालमा कोरोना जित्नेहरुको कुल संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । यस्तै देशका विभिन्न क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् ।

यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.