हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित २ पक्राउ 

सर्लाही,९ असार : हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले आज साँझ उनीहरुलाई चार हजारसहित पक्राउ गरेको जनाइएको छ । सेवाग्राहीलाई भुक्तानी दिँदा अभियुक्तले कमिसन मागेको आयोगले आरोप लगाएको छ ।

उनीहरुलाई मुचुल्का संकलन गरी नगरपालिका कार्यालयबाट आयोगको कार्यालय बर्दिवास लगिएको कार्यालयले जनाएको छ । आवश्यक कारवाहीका लागि आयोगको केन्द्रीय कार्यालय टङ्गाल बुधबार पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.