शनिवार थपिए ३३१ जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ८६०५ पुग्यो
काठमाडौं, ६ असार : नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगैं कोरोना संक्रमितहरुको कुल संख्या ८ हजार ६०५ पुगेको छ ।
कोरोना संक्रमित मध्ये ७५६ जना महिला र ७८४९ जना पुरुष रहेका छन् । आज थपिएका संक्रमित मध्ये ४९ जना महिला र २८२ जना पुरुष रहेको पनि गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएका हुन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानका गरी ३३१ जनामा कोरोना संक्रमण देखिएको हो । गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ ।
यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताएका छन् ।
