पछिल्लो २४ घण्टामा थपिए ४२६ कोरोना संक्रमित, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं, ५ असार : पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४२६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन् । जसमा महिला ९ जना र पुरुष २०७ जना छन् ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.