आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

काठमाडौं, ३ असार : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जना मध्येबाट प्राडा शाहलाई डिनमा नियुक्ति गरेको हो । प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख समेत हुन् ।

त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् । डा शाहले भोलि बिहीबारदेखि कार्यभार सम्हाल्ने छिन् ।

प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सोमबार डा प्रदीप बैद्य, डा दिव्यासिंह शाह र डा उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्ले सिफारिस गरेका ३ जना मध्येबाट एक जनालाई आइओएमको डिन नियुक्त गर्ने व्यवस्था छ ।

रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न जेठ २३ गते डा ज्ञवालीको संयोजकत्वमा कमिटी गठन भएको थियो । उक्त कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य रहेका थिए ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.