बायर्न म्युनिखलाई लगातार आठौँ पटक बुन्डेस लिगाको उपाधि

काठमाडौँ, ३ असार : वेर्डर ब्रेमेनलाई हराउँदै बायर्न म्युनिखले लागातार आठौँ पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । खेलमा रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल नै निर्णयक बन्यो ।

जीतसँगै बायर्नले लिगामा दुई खेल बाँकी छँदा नै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लगातार ११ औँ जीत हासिल गरेको बायर्नले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अग्रता १० अकको बनाएको छ । डर्टमन्डले तीन खेल खेल्न बाँकी रहेको छ । बायर्नले आफ्ना बाँकी सबै खेल हार्दा र डर्टमन्डले सबै खेलमा जीत हासिल गरे पनि बायर्नलाई उछिन्न सक्ने छैन ।

यस्तै पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले यो सिजन लिगमा ३१ गोल गर्न सफल भए । उनले एउटै सिजन विदेशी खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । यो कीर्तिमान पिएरे एमेरिक आउबामियाङको नाममा थियो ।

यता, प्रशिक्षक हान्सी फिल्क बायर्नका लागि खेलाडी र प्रशिक्षकको रुपमा बुन्डेस लिगाको उपाधि जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि फ्रान्ज बेकेनबाउर र निको कोभाचले यो सफलता हात पारेका थिए ।

युभेन्टस (३५) र रियल म्याड्रिड (३३) पछि युरोपको शीर्ष पाँच लिगमा बायर्नले सर्वाधिक ३० लिग उपाधि जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.