सानिमा बैंकद्वारा करुणा फाउण्डेसनलाई १० लाख सहयोग

काठमाडौं, असार : सानिमा बैंक लिमिटेडले करुणा फाउण्डेसन नेपाललाई १० लाख सहयोग रकम उपलब्ध गराएको छ ।

जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरु लक्षित ‘अपाङ्गता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम’ मार्फत् अपाङ्गता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु–ह्विल चेयर, श्रवण यन्त्र लगायत खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउण्डेसनले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.