थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं, ३२ जेठ : नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६०  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् । यो संगै कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ९७४ पुगेको छ । जसमध्ये ८७७ जना पुरुष र ९७ जना महिला रहेका छन् ।

यसैगरी कोरोना संक्रमणबाट हालसम्म १९ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.