विश्वभर कोरोना संक्रमितमध्ये आधाभन्दा बढी निको भए

काठमाडौं, ३२ जेठ : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख नाघेको छ ।

मृतकको संख्या ४ लाख ३१ हजार पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ४० लाख निको भएका छन् । संक्रमितमध्ये आधाभन्दा बढी निको भइसकेका छन् ।

सबैभन्दा बढी अमेरिकामा २१ लाख ४२ हजार संक्रमित भएका छन् । त्यहाँ एक लाख १७ हजारको मृत्यु भएको छ । अमेरिकामा साँढे ८ लाख निको भइसकेका छन् ।

यसैगरी ब्राजिलमा साँढे आठ लाख संक्रमितमध्ये ४२ हजारको मृत्यु भएको छ । त्यहाँ ४ लाख २७ हजार निको भएका छन् ।

यसैगरी रुसमा ५ लाख २० हजार र भारतमा ३ लाख २१ हजार संक्रमित भएका छन् । रुसमा २ लाख ७४ हजार निको भएका छन् भने भारतमा एक लाख ६२ हजार निको भएका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या आजसम्म ५३३५ पुगेको छ भने ९१३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
यस्तै कोरोना संक्रमणबाट नेपालमा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.