छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका एक सैनिक मृत भेटिए

काठमाडौं, ३० जेठ : छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो ।

अस्पताल श्रोतका अनुसार स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।

छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।

आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको हत्या अथवा आत्महत्या के हो भन्नेकुरा विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने बताएको छ ।

हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.