थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित मध्ये ८६१ जना डिस्चार्ज

काठमाडौं, २९ जेठ : नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । नयाँ संक्रमितमा पुरुष २३० जना पुरुष र २० जना महिला रहेको उनले बताए । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् ।
यसैगरी बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् ।
देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना संक्रमित मध्ये ८६१ जना उपचारपछि निको भएका छन् । जसमा ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन् भने कोरोना संक्रमित मध्ये १५ जनाले ज्यान गुमाएका छन् ।
