थपिए ३२३ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाडौं, २७ जेठ : नेपालमा आज मंगलबार थपिए ३२३ नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगैं नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । कोरोना संक्रमितमध्ये पुरुष ३७९८ जना र महिला २८७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।

यसैगरी ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यसैगरी ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

यो संगैं नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । संक्रमित मध्ये ५८४ जनाले कोरोनालाई जितेर उपचारपछि डिस्चार्ज भएका छन् ।  पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । चितवन भरतपुर अस्पतालमा एकजना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवन भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको बताए ।

सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.