कर बुझाउने म्याद असार ७ गतेसम्म थप
काठमाडौं, २१ जेठ : आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने समयसीमा सारेको छ ।
यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको थियो ।
लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको विरोध भएपछि सरकारले समय सारेको हो ।
विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्नेछ ।

