काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा कोरोना
काठमाडौं, २०जेठ : काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमित हुनेमा तीनजना महिला र एकजना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमा २४ देखि ३२ वर्षका तीनजना महिला र एकजना २८ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।
काठमाडौंमै स्वास्थ्यकर्मीलाई यति धेरै संख्यामा पहिलो कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु चारैजना काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोरोना विशेष अस्पतालमा संक्रमितहरुको उपचारमा जुटेका स्वास्थ्यकर्मी भएको खुलेको छ। यसअघि कपिलवस्तु, धनकुटासहितका जिल्लामा नर्ससहितका स्वास्थ्यकर्मीलाई कोरोना भएको थियो ।
यसअघि ग्राण्डी अस्पतालको ल्याबमा काम गर्ने एक कर्मचारीलाई कोरोना देखिएको थियो ।
