७८ वर्षीयामा डेंगु, बेनीमा डेंगुका १३ जना बिरामी

म्याग्दी २० जेठ : हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनीमा सोमबार पनि एक जना डेंगुका बिरामी भेटिएका छन् ।

दुई महिनायता बेनी अस्पतालमा मात्रै १३ जना डेंगुका बिरामी भेटिएका अस्पतालले जनाएको छ । सोमबार बेनी अस्पताल आएकी पर्वत जलजला गाउँपालिका ४ की ७८ वर्षीया महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार ती महिलामा उच्च ज्वरो, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो । वृद्धालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । यो सिजनमा म्याग्दीमा १२ र पर्वतमा १ गरी १३ जनामा डेंगु पोजेटिभ देखिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

अहिलेसम्म ९ जना निको भएर घर फर्किएका छन् भने चार जना उपचाररत छन् । चारमध्ये एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ ।

यसअघि बेनी ३ महिला र ४ पुरुष, मंगला गाउँपालिकामा २ पुरुष र २ महिला तथा अन्नपूर्ण गाउँपालिकामा १ जना महिलामा डेंगु देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.