भारतीय चर्चित संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका
काठमाडौं, १९ जेठ : भारतका चर्चित संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ ।
उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो । गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गरेका छन् ।
उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो ।
इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका थिए । उनको मुम्बईको एक अस्पतालमा उपचा चलिरहेको थियो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।
उनको परिवारले बीबीसीलाईभने, ‘वाजिद खान मृगौला रोगबाट पीडित थिए, उनको दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।’ वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
‘उनको घाँटीमा पनि संक्रमण थियो । उनी चेम्बुरको सुराना अस्पतालमा भर्ना भएका थिए । अहिले उनको कोभिड–१९ को परीक्षणको नतिजा आइपुगेको छैन ।’
उनले दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्मा संगीत भरेका थिए ।
